पर्यटकीय स्थल दर्शन पार्क

सल्यान अनलाइन, आषढ २८, २०७७


पर्यटकीय स्थल  दर्शन पार्क

हालस्म्म निशुल्क प्रवेश दिदै आएको शानपा ५ स्थित रानिकोटमा रहेको हिमदर्शन पार्कले अवदेखी पार्क प्रवेश गर्दा सामान्य सेवा शुल्क लिएर मात्र प्रयटक हरुलाइ प्रवेश दिनेभएकोछ।

वडा नम्वर ५ का अध्यक्ष प्रदिप शाहिका अनुसार पार्कको ब्यवस्थापन लगाएतका काम गर्न त्यहा आउनुहुने प्रयटक हरुवाट सामान्य सेवा शुल्क उठाउने निर्णय गरिएको जानकारी दिनुभयो।जसनुसार जेस्ठ नागरिक र अपाङ्गता भएका हरुका लागि कुनै शुल्क लाग्नेछैन भने बालवालिका हरुलाइ निश्चित गरिएको शुल्कको आधा प्रवेश शुल्क लाग्नेछ।

यसैबिच शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारिले पार्कमा भर्खर स्थापना गरिएका विभिन्न विश्राम सामगृहरुको आज उद्घाटन गर्नुभएकोछ।पार्क भित्र बालबालिका,बृद्ध र बयस्क हरुका लागि राखिएका विभिन्न विश्राम सामग्री हरुको अधिकारिले उद्घाटन गर्नुभएकोहो।

शारदा नगरपालिकाको वडा नम्वर ५मा शान्त र एकान्त स्थलमा रहेको हिमदृश्य पार्कमा प्रयटक हरुका लागि खानेपानी,शौचालय,गाडी पार्किङ लगाएतका सुबिधा रहेकाछन।करिव २२ लाख रुपैया लगानी गरिएको पार्कमा रोपिएका बिरुवा हुर्केमा अझ सुन्दर दृश्यावलोकन हुने स्थानिय बासिन्दा हरु बताउछन।

आजको कार्यक्रममा वडा अध्यक्ष शाही,नगर कार्यपालिका सदस्री पुस्पा पहाडी लगाएत स्थानिय बासिन्दाहरुको उपस्थिती थियो।




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka