सल्यानमा आगलागी : दुई घर जलेर नष्ट

सल्यान अनलाइन, मंसीर १४, २०७६


सल्यानमा आगलागी :  दुई घर जलेर नष्ट

प्रकाश शर्मा मंसिर १४, सल्यान 
सल्यानमा दुई घरमा आगलागी भएको छ । जिल्लाको दार्मागाउँपालिका १ सिमलपुरका तसे कामी, कमल वि.क, अनिल वि.क र लक्ष्मण वि.कको घर आगलागी भएको हो । 
आगलागीबाट घर पूर्ण रुपमा नष्ट भएको छ । शनिवार दिउसो घरमा कोही नभएको अवस्थामा अकस्मात आगलागी भएको थियो । 
आगलागीबाट लत्ताकपडा, भाँडाकुडा, अन्नपात, लालपुर्जा, नागरिकता लगायतका महत्वपूर्ण कागजात जलेर नष्ट भएको पिडित कमल विकले जानकारी दिए । आगलागीमा ७५ हजार नगद र ८ आना सुन समेत जलेको पिडितहरुको भनाई छ । दुई घरमा चार जनाको परिवार बस्दै आइरहेको थियो ।
 आगलागीबाट झन्डै ५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय फारुलाले जनाएको छ । पिडितहरु अहिले छिमेकीको सरनमा बसी रहेका छन् । 

 




प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka