कुमाख गाउँपालिकालाई आर्गनिक कृषि उत्पादन नमुना गाउँ वनाईने

सल्यान अनलाइन, माघ ०१, २०७६


कुमाख गाउँपालिकालाई आर्गनिक कृषि उत्पादन नमुना गाउँ वनाईने

सल्यान  कुमाख गाउँपालिकालाई आर्गनिक कृषि उत्पादन नमुना गाउँ वनाईने भएको छ ।  यहाँ कृषिजन्य उत्पादनमा विषादी र रसायनिक मलको प्रयोग वन्द गरिने भएको छ । कृषि विकास कार्यालयको आयोजना भएको  आर्गनिक कृषि उत्पादन नमुना गाउँ सम्वन्धी अन्तरक्रियामा सहभागि अगुवा कृषक र जनप्रतिनीधिले  विषादी र रसायनिक मलको पहुँचको कमी र सडक पूर्वाधारको विकास भर्खरै मात्र भएकाले आर्गेनिङ्ग कृषि उत्पादन गाउँ वनाउन सकिने वताएका छन् । उनिहरुले  जैविक मल र विषादी निर्माण सम्वन्धीको ज्ञान सीप माग समेत गरेका छन्् । सामुहिक प्रतिवद्धता भएमा विषादी रहित कृषि उत्पादन गर्न सकिने  सहभागिहरुको जोड रहेको थियो । 
कुमाख गाउँपालिका ७ का कृषक चङख वहादुर वुढाथोकीले  रसायनिक मल प्रयोग गरेमा केही उत्पादन वढे प नि माटोको गुणस्तर हा्रस हुने भएकाले प्रराङगारिक मल प्रयोगले  उत्पादनमा दिगोपना आउने वताउनुभयो । 
वडा नम्वर ४ का भडारेका अगुवा कृषक  चन्द्र वहादुर वुढाथोकीले  पशुपालन गर्न कृषकलाई प्रोत्सहान गर्न स्थानीय , प्रदेश र संघीय सरकारले अनुदानका कार्यक्रम ल्याउनु पर्ने वताउनुभयो । उहाले १२ वटा भैसी पालन गर्न गर्नु भएको छ । भैसी पालन गर्दा मल मुत्र पनि लाई कृषि उत्पादनमा जोड् सकिने वताउनुभयो ।
कुमाख गाउँपालिका वडा नम्वर ५ का  अध्यक्ष धर्मे वुढाथोकीले  आफ्नो  वडा वाट मुला,रायो र केराउका विउ वर्षेनी १० टन  विक्रि हुने गरेको वताउनु भयो ।  उहाँका अनुसार यहाँ उत्पादन हुने कृषि जन्य वस्तु रसायनिक मल र विषादी प्रयोग विहिन रहेको छ ।
कुमाख गाउँपालिका अध्यक्ष दिलमाया वुढाले  आर्गनिक कृषि उत्पादनलाई वजारीकरणको ब्यवस्था गरिने  वताउनुभयो । उहाले भन्नुभयो रासायनिक मल, र विषादी प्रयोग नगरी उत्पादन गर्नुहोस्। वजारीकरणको ब्यवस्था गाउँपालिकाले गर्र्छ । वजारको भन्दा उत्पादनको अभाव भएको छ । 
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख हरि प्रकाश वुढाथोकीले थोरै उत्पादन भन्दा धेरै  उत्पादन गरे विक्रिकालागि समस्या  नहुने  वताउनु भयो । उहाले भ न्नुभयो सडकको पहुँच विस्तार भएको छ । धेरै उत्पादन भए विक्रिकालागि समस्या छैन ।
आर्गनिक कृषि उत्पादन नमुना गाउँमा १ करोड ५२ लाख खर्च गरिदै 
कुमाख गाँउपालिकामा आर्गनिक कृषि उत्पादन नमुना गाउँका वनाउन चालु आर्थिक वर्षमा १ करोड ५२ लाख रकम खर्च गरिने भएको  छ ।  पहिलो चरणमा आर्गनिक कृषि उत्पादनका लागि आधार तयार गर्ने गरी काम गर्ने  कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिनु भयो । उहाका अनुसार पहिलो चरणमा  जनचेतना प्रचारप्रसार, तालिम, प्रशिक्षक प्रशिक्षण  , वजारीकरणकालागि लेभलिड व्राण्डीङ काम गरिने छ ।  यस्तै जैविक विषादी, जैविक मल तथा पराडकगारीक मल उत्पादन, गोठेमल सुधार भकारो सुधारलगायतका  काम पनि गरिने छ ।
कर्णाली प्रदेश मन्त्रालयका कृषि  प्रसार अधिकृत वखत खड्काले रैथाने जात फापर, कोदो, सोस्टो ,अदुवा ,बेसार, स्थानीय जातका भैसी र कुखुरा पालन आदि कृयाकलाप गरिने  वताउनुभयो ।
 कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक कार्यवीधि समेत तयार भएको छ ।  न्यूनतम १० रोपनी जग्गा , १ हजार कुखुरा र १ सय वाख्रा पालन गर्ने कृषि सहकारी, समुहले कार्यक्रमका  लागि अनुदान पाउने छन् । यस्तै कार्यक्रमको  प्रभावकारीताकालागि अनुगमन र सहकार्यका लागि गाउँपालिका स्तरि समन्वय समिति र वडा समिति को निर्माण गरिने छ । 
 




प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka